४ श्रावण २०८३, सोमबार

इरानको चेतावनी– हामीमाथि आक्रमण बढ्यो भने विश्वव्यापी आपूर्ति अवरुद्ध गर्छौँ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानले आफ्नो देशविरुद्ध अमेरिका र इजरायली आक्रमण बढेमा विश्वव्यापी आपूर्ति अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

अल जजीराका अनुसार, इरानले होर्मुज जलडमरू बाहेक अन्य समुद्री मार्गहरूलाई निशाना बनाउन सक्नेछ ।

इरानी सर्वोच्च नेताका सल्लाहकार अली अकबर वेलायातीले कुनै पनि ठूलो आक्रमणको जवाफ सैन्य रूपमा मात्र नभई विश्वव्यापी ऊर्जा र व्यापारलाई असर गरेर दिइने बताए ।

उनले होर्मुजको जलडमरू मात्र नभई बाब–एल–मन्देब लगायतका महत्त्वपूर्ण समुद्री मार्गहरूमा पनि अवरोध गर्ने चेतावनी दिएका छन् ।