काठमाडौं । इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न मध्यस्थता गरिरहेको पाकिस्तानको कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ ।
भारतमा रहेका इरानी सर्वोच्च नेताका प्रतिनिधि अब्दुल मजिद हकिम इलाहीले पाकिस्तानमार्फत इरान र अमेरिकाबीच वार्ता भएको खबर पूर्णतया गलत रहेको र त्यसमा कुनै सत्यता नरहेको बताए ।
इलाहीले तेलको मूल्यलाई प्रभाव पार्नका झूटा खबरहरू फैलाइएको दाबी गरे । ‘हाल कुनै गम्भीर वार्ता भइरहेको छैन र केही देशहरू केवल देखाउनका लागि वार्ताको कुरा गरिरहेका छन् ।’ उनले भनेका छन् ।
इलाहीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको कडा जवाफ दिएका छन् । उनले ट्रम्पको धम्कीलाई युद्धभूमिमा जवाफ दिइने टिप्पणी गरे । उनका अनुसार यो कुनै नयाँ कुरा होइन, अमेरिकाले विगत ४७ वर्षमा इरानलाई केही गर्न सकेको छैन र भविष्यमा पनि केही गर्न सक्ने छैन ।








प्रतिक्रिया