२१ असार २०८३, आइतबार

ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी को अफरसहित प्रि–अर्डर खुला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामसुङ नेपालले आफ्नो नयाँ ए सिरिज– ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी को प्रि–अर्डर खुला गरेको छ ।

कम्पनीका अनुसार यी डिभाइसहरुमा अझ आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर टुलहरू समावेश गरिएको छ । पेशेवर, विद्यार्थी वा दैनिक प्रयोगकर्ताहरूका लागि, नयाँ ग्यालेक्सी ए सिरिजलाई दैनिक कामहरू अझ सहज रूपमा गर्न डिजाइन गरिएको हो ।

ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जीको प्रि–अर्डर नेपालमा अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) खुला रहने कम्पनीले जनाएको छ ।

एमएक्स बिजनेस सामसुङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापित भन्छन्, “नयाँ ग्यालेक्सी ए सिरिजले एआईलाई सबै प्रयोगकर्तासम्म पुर्‍याउने हाम्रो प्रतिबद्धता झल्काउँछ । सामसुङको मुख्य क्षमतासँग ‘अद्भुत बुद्धिमत्ता’ थपिएपछि ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जीले दैनिक प्रयोगका लागि विश्वसनीय प्रदर्शन दिनेछ । साथै, २४ महिनासम्मको ईएमआई सुविधा ल्याएर हामीले अत्याधुनिक प्रविधिलाई अझ सहज रूपमा पहुँचयोग्य बनाएका छौँ ।”

कम्पनीका अनुसार दुवै फोनमा ५०एमपी मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप छ । नाइटग्राफी र सुधारिएको आईएसपी का कारण कम प्रकाशमा पनि स्पष्ट फोटो र भिडियो लिन सकिन्छ । ग्यालेक्सी ए५७ ५जी मा अझ राम्रो इमेज प्रोसेसिङ, छिटो शटर स्पीड र उच्च डिटेल पाइन्छ ।

यी फोनहरू स्लिम बेजेल र आधुनिक डिजाइनसहित उपलब्ध छन् । ग्यालेक्सी ए५७ ६.९एमएम पातलो र हल्का छ । ५०००एमएएच ब्याट्रीले दुई दिनसम्म प्रयोग गर्न सकिन्छ । सुपर एमोएलइडी डिस्प्ले र भिजन बूस्टरले उत्कृष्ट भिजुअल अनुभव दिन्छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ए५७ ५जी को १२जीबी/२५६जीबीको ८९ हजार ९९९ रुपैयाँ, ८जीबी/२५६जीबीको ८४ हजार ९९ रुपैयाँ पर्छ ।

यस्तै, ग्यालेक्सी ए३७ ५जी को १२जीबी/२५६ जीबीको ७९ हजार ९९९ रुपैयाँ, ८जीबी/२५६जीबी को ७२ हजार ९९९ रुपैयाँ र ८जीबी/१२८जीबीको ६४ हजार ९९९ रुपैयाँ रहेको छ ।

कम्पनीका अनुसार प्रि–अर्डर अफरहरू

ए५७ ५जी १२जीबी मा ४००० रुपैयाँ बराबरको मेमोरी अपग्रेड
ए३७ ५जी मा २५०० रुपैयाँ बराबरको मेमोरी अपग्रेड
ईएमआई २४ महिनासम्म