काठमाडौं । सिटी वालेट प्रालि र छिटो पैसा प्रालिबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कम्पनीका अनुसार नेपालको फिनटेक क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यसहित सुरु गरिएको मर्जरको तयारी अन्तिम चरणमा पुगेको छ ।
आगामी वैशाख २ गते मर्जरको मिति तोकिएको छ । मर्जरसँगै छिटो पैसाका सम्पूर्ण सेवाग्राहीहरू अब सिटीपेको अत्याधुनिक र फराकिलो डिजिटल इकोसिस्टममा समाहित हुनेछ ।
कम्पनीका अनुसार पठाओ लगायत अन्य राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध राइडर, क्याप्टेन र हिरोहरूका लागि यो मर्जर विशेष कोशेढुङ्गा सावित हुनेछ । उनीहरुले छुट्टाछुट्टै वालेट प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ र एउटै प्लेटफर्ममार्फत सम्पूर्ण भुक्तानी सेवा उपयोग गर्न सकिनेछ ।
सिटीपेमार्फत राइडरहरूले पठाओसम्बन्धी बक्यौता तथा जरिवाना तुरुन्तै भुक्तानी गर्न सक्नेछन् । राइडरहरूले विशेष क्यासब्याक तथा लोयल्टी रिवार्ड प्राप्त गर्न सक्नेछन् र एउटै एपबाट व्यक्तिगत तथा व्यावसायिक खर्च व्यवस्थापन गर्नसक्ने सुविधा पाउनेछन् ।








प्रतिक्रिया