२५ असार २०८३, बिहिबार

सागर लम्सालमाथि सार्वजनिक शान्तिमा खलल पुर्‍याएको अभियोगमा अनुसन्धान गरिँदै

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शनिबार पक्राउ परेका कलाकार सागर लम्साल (बले) अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन् ।

उनलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको महलमा म्याद थप गरी अनुसन्धान गरिने भएको हो । अमेरिका बस्दै आएकी संगम बिष्टले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बलेले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । लगत्तै उनलाई प्रहरीले पक्राउ गर्यो ।

तर, उक्त प्रकरणमा जाहेरी नपरेकाले तत्काल हिरासतमा राख्नका लागि सार्वजनिक शान्तिविरुद्धको कसुर आकर्षित गरिएको हो । अनुसन्धानको म्यादभित्रै थप कुरा खुल्न आएमा वा अन्य मुद्दामा जाहेरी आएमा सोहीअनुसार मुद्दा अगाडि बढ्ने बताइएको छ।

संगमले खुलारुपमा आफ्नो पूरा परिचय खोलेर बलेमाथि आरोप लगाएको भए पनि जाहेरी परेको छैन । जबरजस्ती करणी मुद्दामा वारदातस्थलको जिल्ला प्रहरीले अनुसन्धान र अभियोजन गर्ने प्रावधान छ । बलेविरुद्ध पीडित वा सरोकारवालाले जाहेरी दिएमा काठमाडौंमै मुद्दा चल्नसक्छ ।