३० असार २०८३, मंगलबार

अभिनेता, खेलाडी र पत्रकारसहित १०० जनाको सम्पत्ति जफत गर्दै इरान, यस्तो छ कारण

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानले शत्रु देशलाई सहयोग गरेको आरोपमा १०० जनाभन्दा बढीको सम्पत्ति जफत र बैंक खाताहरू रोक्का गर्ने भएको छ ।

इरानी समाचार एजेन्सी फार्सका अनुसार तेहरानको अभियोजकको कार्यालयले मुद्दा चलाएकोमा धेरैजसो अभिनेता, खेलाडी र पत्रकारहरू समेत रहेका छन् ।

उनीहरुमाथि इजरायलसँग सम्बन्ध राखेको आरोप लगाइएको छ । उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

यस्तै, विदेशमा बस्ने २५ इरानी नागरिकहरूलाई पनि निशाना बनाइएको छ । उनीहरूमाथि विभिन्न माध्यम विशेष गरी इन्टरनेटमार्फत शत्रु देशको आक्रमणलाई समर्थन गरेको आरोप लगाइएको छ ।