काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इजरायलले इरानको बुशेहर आणविक केन्द्रमा चार पटक बमबारी गरेको बताएका छन् । अमेरिका र इजरायलको यो आक्रमणले इरानलाई मात्र नभई सम्पूर्ण खाडी क्षेत्रलाई गम्भीर खतरा निम्त्याएको उनको भनाइ छ ।
सामाजिक सञ्जाल एक्समा लेख्दै अराघचीले आणविक केन्द्र नजिकै हुने आक्रमणहरू अत्यन्तै जोखिमपूर्ण भएको बताए ।
‘युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्र नजिकैको शत्रुताबारे पश्चिमाहरूको आक्रोश सम्झनुहोस् ?’ अराघचीले लेखेका छन्, ‘इजरायल–अमेरिकाले हाम्रो बुशेहर प्लान्टमा चार पटक बमबारी गरिसकेको छ । रेडियोधर्मी प्रभावले तेहरानमा मात्र होइन, जीसीसी राजधानीहरूमा जीवन समाप्त पार्नेछ ।’
उनले इरानको पेट्रोकेमिकलहरुमा भएको आक्रमणले रणनीतिक पूर्वाधारलाई लक्षित गरिएको संकेत गरेको र यस्ता आक्रमणले सम्पूर्ण खाडी क्षेत्रलाई अस्थिर बनाउन सक्ने चेतावनी दिएका छन् ।








प्रतिक्रिया