काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज जलडमरू खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन् ।
ट्रम्पले यदि इरानले होर्मुज स्ट्रेटमा अवरोध जारी राखे इरानलाई ध्वस्त पार्ने चेतावनी दिएका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै इरानलाई दिएको समय सकिँदै गएको बताए । उनले पहिले इरानलाई सम्झौता गर्न १० दिनको अल्टिमेटम दिएको स्मरण गराए । उनले अब ४८ घण्टा मात्र बाँकी रहेको उल्लेख गरेका छन् ।
यसैबीच, इरानले ट्रम्पको अल्टिमेटम अस्वीकार गरेको छ । इरानी सेनाका जनरल अली अब्दुल्लाही अलियाबादीले ट्रम्पको चेतावनी मूर्खतापूर्ण भनेका छन् ।








प्रतिक्रिया