२४ असार २०८३, बुधबार

आईपीएल : गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी आईपीएलको शनिबार राति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको छ ।

अहमदाबादमा भएको खेलमा राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्र बनाउन सकेको थियो ।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ७३ रन बनाएका थिए भने जोस बटलरले २६, राशिद खानले २४ रन बनाएका थिए ।

त्यस्तै, राजस्थानका लागि रवि विश्नोईले ४ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७५ रन बनाएका थिए भने यशस्वी जैसवालले ५५ र वैभव सूर्यवंशीले ३१ रन बनाएका थिए ।

यो जितपछि राजस्थान रोयल्सको २ खेलमा ४ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

गुजरातले लगातार दोस्रो हार ब्यहोरेको हो ।