काठमाडौं । जारी आईपीएलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । दिल्लीको यो लगातार दोस्रो जित हो ।
शनिबार अरुण जेटली स्टेडियममा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो ।
दिल्लीले १६३ रनको लक्ष्य १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
शनिबार नै दोस्रो खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल भइरहेको छ ।








प्रतिक्रिया