१५ असार २०८३, सोमबार

रूपन्देही सुपर लिग : नेपथ्य ज्ञानोदयले शंकरनगरलाई ३ विकेटले हरायो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । नेपथ्य ज्ञानोदय क्रिकेट क्लबले भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत ‘बी’ डिभिजनको शनिबारको खेलमा जित निकालेको हो । उसले शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै जित हात पारेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको शंकरनगरले ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन बनायो । उसका लागि रोशन पाण्डेले ३८ र शुभम क्षेत्रीले २१ रन बनाए ।

बलिङमा नेपथ्य ज्ञानोदयका प्रवेश सारुले १० ओभरमा २९ रन खर्चेर ७ विकेट हात पारे । यस्तै, जय गोदारले २ र विपिन न्यौपानेले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको नेपथ्य ज्ञानोदयले ३३ ओभर ५ बलमा ७ विकेट गुमाएर १ सय ११ रन बनाउँदै जित निकाल्यो । उसको जितमा जय गोदारले अविजित ३५, नितेश ठाकुरले नटआउट १७ र युवराज सेनले १५ रनको योगदान गरे ।

बलिङका शंकरनगरका शिशिर लुईंटेलले ४ विकेट लिए । खेलमा प्रवेश सारु प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।