१८ असार २०८३, बिहिबार

मध्यपूर्व युद्ध अन्त्य गर्न मध्यस्थता गरिरहेको पाकिस्तानसँग युएईले फिर्ता माग्यो ३.५ अर्ब डलर

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न मध्यस्थता गर्ने प्रयास गरिरहेको पाकिस्तानसँग संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो ३.५ अर्ब डलर ऋण फिर्ता मागेको छ ।

मिडिया रिपोर्टका अनुसार आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानलाई युएईको यो कदमले ठूलो धक्का दिएको छ । युएईले पाकिस्तानलाई यो महिनाको अन्त्यसम्ममा सबै ऋण चुक्ता गर्न भनेको छ ।

हाल पाकिस्तानसँग २१ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा सञ्चिति छ । पाकिस्तानले हाल आफ्नो विदेशी मुद्रा सञ्चिति प्रयोग गरेर युएईलाई ऋण तिर्न सक्छ, तर आगामी महिनाहरूमा देशलाई बाह्य आर्थिक सहयोगको आवश्यकता पर्ने देखिएको हो ।

मार्च ३१, २०२६ सम्म पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट करिब ७.२९ अर्ब डलर ऋण लिएको छ ।

ट्रेडिङ इकोनोमिक्सका अनुसार, डिसेम्बर २०२५ को दोस्रो त्रैमासिकसम्ममा पाकिस्तानको कुल विदेशी ऋण करिब १३८ अर्ब डलर पुगेको छ ।

मिडिया रिपोर्टहरूका अनुसार मध्यपूर्वमा बढ्दो तनावले सम्पूर्ण क्षेत्रको आर्थिक गतिशीलतालाई परिवर्तन गरेको छ । युएई पनि अब आफ्नो लगानी र ऋणबारे सतर्क बनेको छ ।