काठमाडौं । इरानले शुक्रबार दुई वटा अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ । इरानी मिडियाका अनुसार अमेरिकी एफ१५–ई र ए–१० लडाकु विमान ध्वस्त पारिएको हो ।
एफ१५–ई लडाकु विमानमा इरानभित्र आक्रमण गरिएको थियो । विमानमा रहेका एक चालक दलका सदस्यलाई उद्धार गरिएको छ ।
यस्तै, अमेरिकी ए–१० विमान फारसी खाडीमा दुर्घटनाग्रस्त भएको छ । तर अमेरिकी अधिकारीहरूले विमान दुर्घटनाग्रस्त भएको वा गोली हानी खसालिएको बारे स्पष्ट नभएको बताएका छन् । अमेरिकी मिडियाले दुई अमेरिकी हेलिकप्टर पनि इरानी आक्रमणमा परेको जनाएको छ ।
यसैबीच, इरानले ४८ घण्टाको युद्धविरामको अमेरिकी प्रस्ताव अस्वीकार गरेको छ ।
इरानको फार्स समाचार एजेन्सीका अनुसार बुधबार तेस्रो देशमार्फत तेहरानलाई युद्धविराम प्रस्ताव पठाइएको थियो तर इरानले यसलाई स्वीकार गर्न अस्वीकार गरेको हो ।








प्रतिक्रिया