३१ असार २०८३, बुधबार

आईपीएल : पञ्जावको लगातार दोस्रो जित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी आईपीएलमा पञ्जाव किंग्सले लगातार दोस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा पञ्जावले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको २१० रनको लक्ष्य पछ्याएको पञ्जावले १८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले ५० रन बनाएका थिए भने प्रभसिम्रन सिंहले ४३, प्रियांश आर्याले ३९ र कूपर कोन्नोलीले ३८ रन बनाएका थिए ।

यसअघि चेन्नईले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । चेन्नईका लागि आयुष म्हात्रेले सर्वाधिक ७३ रन बनाए भने शिवम् दुवेले ४५ र सरफराज खानले ३२ रन बनाएका थिए ।

आइपीएलमा आज शनिबार दुई खेल हुँदैछ । पहिलो खेल दिउँसो दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा साँझ गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच हुनेछ ।