२८ असार २०८३, आइतबार

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।

सभामुखमा उनको मात्रै एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।

उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । अब चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारीबारे प्रस्ताव पेश गरिनेछ।

त्यसलाई प्रतिनिधि सभाको बैठकले पारित गरेपछि अर्याल सभामुख निर्वाचित भएको घोषणा गरिनेछ।