२९ असार २०८३, सोमबार

गम्भीर आरोप लागेसँगै चलचित्र ‘पाँच पाण्डव’ बाट निकालिए ‘बले’

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कलाकार सागर लम्साल बले चलचित्र पाँच पाण्डवबाट हटाइएका छन् ।

कालिरानी फिल्म्स प्रा.लि. ले जबरजस्ती करणी आरोप लागेका लम्साललाई चलचित्रबाट हटाइएको जानकारी दिएको हो । अमेरिकामा रहेकी एक युवतीले सामाजिक सञ्जालमार्फत एक वर्षअघि लम्सालले जबरजस्ती करण गरेको आरोप लगाएकी छिन् ।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै छानबिन प्रक्रियामा असर नपरोस् भन्ने उद्देश्यले उनलाई चलचित्रबाट अलग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निर्माण टीमले सत्यतथ्य छानबिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै चलचित्रको छायांकन र अन्य कार्यलाई प्रभावित हुन नदिने गरी आवश्यक कदम चालिने बताएको छ ।