६ श्रावण २०८३, बुधबार

साधारण शेयर निष्कासन गर्दै हिलोरा हिल्स रिसोर्ट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ताले हुन आउने ४० करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

शेयर निष्कासनका लागि हिलोरा हिल्स रिसोर्टको तर्फबाट सञ्चालक दिपविक्रम विष्ट र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठकाबीच बिहीबार द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिलोरा हिल्स रिसोर्ट भक्तपुरमा रहेको छ । रिसोर्टबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिन्छ । रिसोर्टमा १०० वटाभन्दा बढी राम्ररी सजिएका कोठाहरू र स्काई भ्यू रेस्टुरेन्ट, इन्डोर स्विमिङ पूल र पिकनिक स्पट रहेको छ । साथै, १५०० देखि २००० जनाका लागि भोज, सम्मेलन लगायतका कार्यक्रम सञ्चालनका लागि समेत यो रिसोर्ट उपयुक्त रहेको कम्पनीले जनाएको छ ।