२ श्रावण २०८३, शनिबार

पूर्वमन्त्री बलराम अधिकारीसँग जोडिएको घुस प्रकरण छानबिनका लागि समिति गठन

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पूर्वमन्त्री बलराम अधिकारीसँग जोडिएको भनिएको घुस प्रकरण छानबिन गर्न समिति गठन गरेको छ।

बौद्ध र मेलम्ची क्षेत्रसँग सम्बन्धित ‘चिनियाँ लामा’ नियुक्ति विवादमाथि अनुसन्धान गर्न सहसचिव ध्रुव घिमिरे नेतृत्वमा तीन सदस्यीय टोली बनाइएको हो।

भूपतीबज्र लामाले पद पाउन घुस दिएको आरोप सार्वजनिक भएपछि विषय विवादित बनेको थियो । यसअघि गुठी संस्थानले आचरण विपरीत काम गरेको भन्दै उनलाई पदबाट हटाइसकेको थियो।

उनीमाथि गुठी जग्गा संरक्षण नगरेको र जिम्मेवारी ननिभाएको आरोप पनि लगाइएको छ। लामाले भने आफूमाथि लागेका आरोपलाई अस्वीकार गर्दै ती अपुष्ट रहेको दाबी गरेका छन्।

मन्त्रालयले सम्पूर्ण तथ्य अध्ययनपछि आवश्यक निर्णय लिने जनाएको छ।