काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाको नयाँ अधिवेशन सुरु हुँदै गर्दा दलहरूका लागि बोल्ने समय निर्धारण गरेको छ।
फागुन २१ को निर्वाचनपछि सुरु हुन लागेको अधिवेशनको पहिलो बैठक चैत १९ गते दिउँसो सिंहदरबारस्थित हलमा बस्ने तय गरिएको हो।
परम्पराअनुसार उद्घाटन बैठकमा दलगत आधारमा नेताहरूले सम्बोधन गर्नेछन्। यसअनुसार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी लाई सबैभन्दा बढी २५ मिनेट समय दिइएको छ।
त्यसपछि नेपाली कांग्रेस लाई १० मिनेट र नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई ८ मिनेट छुट्याइएको छ। नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लाई समान रूपमा ७/७ मिनेट समय दिइनेछ।
स्वतन्त्र सांसदका लागि भने ५ मिनेट निर्धारण गरिएको छ। यसपटक प्रतिनिधिसभामा ६ वटा राजनीतिक दल र एक स्वतन्त्र सांसदको सहभागिता रहनेछ।








प्रतिक्रिया