३ श्रावण २०८३, आइतबार

तस्वीरमा बालाजु २२ धारा मेला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको बालाजुस्थित २२ धारामा आज परम्परागत मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका अवसरमा आयोजना हुने यस मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् । बाइस धारामा स्नान गरेमा मुक्तिनाथ मन्दिर तथा गोसाईंकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने मान्यता रहेको छ । यसै विश्वासका कारण आज बिहानैदेखि श्रद्धालुहरू बाइस धारामा स्नान गर्न पुगेका छन् ।