२२ असार २०८३, सोमबार

होर्मुज जलडमरूम खोल्ने जिम्मेवारी अमेरिकाको होइन : ट्रम्प

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रमुख रणनीतिक उद्देश्यहरू करिब पूरा भइसकेको र इरानमा ‘मिशन समाप्त’ हुने अवस्थामा पुगेको बताएका छन् ।

ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो कार्य पूरा गर्न अझै दुईदेखि तीन हप्ता लाग्ने पनि बताए ।

ट्रम्पले इरानविरुद्धको युद्धमा भाग नलिएकोमा सहयोगी देशहरूको आलोचना पनि गरे । उनका अनुसार ती देशहरूले अब होर्मुज जलडमरू पुनः खोल्ने जिम्मेवारी लिनुपर्छ ।

‘होर्मुज जलडमरूम खोल्ने जिम्मेवारी अमेरिकाको होइन’ उनले भने । ट्रम्पका अनुसार अमेरिका आफ्नो तेलको आवश्यकताका लागि यो मार्गमा निर्भर छैन, त्यसैले यसलाई खोल्ने जिम्मेवारी लिने छैन ।

यस्तै, ट्रम्पले आफ्ना सहयोगीहरू इजरायल र खाडी देशहरूलाई धन्यवाद पनि दिए । उनले भने, ‘उनीहरू अविश्वसनीय रूपमा सहयोगी भएका छन्, र हामी उनीहरूलाई कुनै पनि परिस्थितिमा दुःख वा असफल हुन दिने छैनौँ ।’ साथै, ट्रम्पले इरानले खाडी देशहरूमा धेरै पटक आक्रमण गरेको भन्दै इरानसँग कहिल्यै पनि आणविक हतियार हुनुहुँदैन पनि भने ।