काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यपिटल्सले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा दिल्लीले लखनऊ सुपर जाइन्टलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
लखनऊले दिएको १४२ रनको लक्ष्य पछ्याएको दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । दिल्लीको जितमा समीर रिज्वीले अविजित ७० रन बनाए भने ट्रीस्टान स्टब्सले अविजित ३९ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले १८.४ ओभरमा अल आउट हुँदै १४१ रन बनाएको थियो । लखनऊका लागि अब्दुल समादले ३६, मिचेल मार्शले ३५ र शह्बाज अहमदले १५ रन बनाएका थिए ।
त्यसैगरी, दिल्लीका बलर लुंगी एनगिडी र टी नटराजनले ३–३ तथा कुलदीप यादवले २ विकेट लिएका थिए ।
जारी आईपीएलअन्तर्गत आज कोलकोता नाइटराइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।








प्रतिक्रिया