२८ आश्विन २०८३, बुधबार

ट्रम्पको दाबी– इरानलाई आणविक शक्ति बन्नबाट रोक्ने लक्ष्य पूरा भयो, युद्ध केही हप्तामै समाप्त हुनसक्छ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक शक्ति केन्द्र बन्नबाट रोक्ने लक्ष्य पूरा भएको दाबी गरेका छन् ।

मंगलबार राति ह्वाइट हाउसको ओभल अफिसमा बोल्दै ट्रम्पले अमेरिकाको लक्ष्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको र त्यो पूरा भएको बताए ।

‘त्यो अब पूरा भएको छ,’ ट्रम्पले भने, ‘सम्झौताले पहिले नै युद्ध समाप्त गर्न सक्थ्यो ।’ साथै, उनले इरानसँग जारी युद्ध अबको दुईदेखि तीन हप्ता भित्र समाप्त हुनसक्ने बताए । उनले अमेरिकाले आफ्नो उद्देश्य हासिल गरेको र कारबाही अन्तिम चरणमा रहेको दाबी गरे ।

हर्मुजको जलडमरू खुला राख्नु अमेरिकाको जिम्मेवारी होइन भन्दै ट्रम्पले अन्य देशहरूले आफ्नो हितको रक्षा आफै गर्नुपर्ने पनि बताए ।