१६ असार २०८३, मंगलबार

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा–१ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।