काठमाडौं । इटाली तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटाली विश्वकपमा छनोट हुन असफल भएको हो ।
चार पटकको विश्व च्याम्पियन इटाली यसअघि २०१८ (रुस) र २०२२ (कतार) विश्वकपमा छनोट हुन सकेको थिएन ।
बोस्निया–हर्जेगोभिना राष्ट्रिय फुटबल टोलीले इतिहासमा दोस्रो पटक विश्वकपमा स्थान बनाएको छ । ४० वर्षीय कप्तान एडिन जेकोको नेतृत्वमा बोस्नियाले विश्वकपको समूह ‘बी’मा क्यानडा, कतार र स्विट्जरल्यान्डसँग खेल्नेछ ।








प्रतिक्रिया