४ श्रावण २०८३, सोमबार

अमेरिकाले अब कुनै देशलाई मद्दत गर्दैन, आफ्नो परिस्थिति आफै व्यवस्थापन गर्नुपर्छ : ट्रम्प

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एक महिनादेखि मध्यपूर्वमा जारी युद्धकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब कुनै पनि देशलाई मद्दत नगर्ने र देशहरूले आफ्नो परिस्थिति आफै व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै उनले यस्तो बताएका हुन् ।

ट्रम्पका अनुसार इरानलाई कमजोर पार्ने अभियानमा सामेल हुन अस्वीकार गर्ने बेलायतजस्ता देशहरू जो हर्मुजको जलडमरूबाट इन्धन प्राप्त गर्न असमर्थ छन्, उनीहरूले अमेरिकाबाट तेल किन्नु पर्छ किनभने अमेरिकामा यसको कुनै अभाव छैन ।

‘यदि देशहरूले चाहन्छन् भने उनीहरूले साहस देखाउन सक्छन् र आफैं तेल लिन हर्मुजको जलडमरूममा जान सक्छन् । अमेरिका उनीहरूको सहयोगमा आउने छैन, जसरी उनीहरू अमेरिकाको सहयोगमा आएनन् ।’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले इरान उल्लेखनीय रूपमा कमजोर भएको पनि टिप्पणी गरेका छन् ।

ट्रम्पले एक पोस्टमा फ्रान्सलाई पनि निशाना बनाएका छन् ।

ट्रम्पले लेखेका छन्, ‘फ्रान्सले सैन्य उपकरण बोकेका विमानहरूलाई आफ्नो भू–भागमाथिबाट इजरायल जान अनुमति दिएको छैन । इरानको कसाईको मामिलामा फ्रान्स अत्यन्तै असहयोगी रहेको छ, तर अब त्यो कसाईलाई सफलतापूर्वक हटाइएको छ ! अमेरिकाले यो कुरा सम्झनेछ !’