२३ असार २०८३, मंगलबार

नयाँ वर्षको अवसरमा सामसङको २४ महिनासम्मको एक्स्टेन्डेड ईएमआई योजना सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ योजना ल्याएको छ । कम्पनीका अनुसार यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुनेछ । विश्वकै नम्बर १ भिजन एआई टिभी र बेस्पोक होम अप्लाएन्सहरुमा आकर्षक अफरहरू रहेको छ ।

यस क्याम्पेनअन्तर्गत सामसङले टिभीमा २५ प्रतिशतसम्मका छुट, वाशिंग मेशिनमा २३ प्रतिशतसम्मका छुट, र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्मका छुट उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर हो । यस अफरलाई अझ आकर्षक बनाउन, चुनित टिभी मोडेल किन्दा ३००० रुपैयाँ बराबर १२ महिनासम्मको एनईटीटीभी प्याकेज निःशुल्क उपलब्ध छ ।

 

त्यसैगरी, चुनित वाशिंग मेशिन मोडेलको खरिदमा ६ किलो सर्फ एक्सेल म्याटिक पक्का उपहारको रूपमा निःशुल्क पाइन्छ ।

कम्पनीका अनुसार अब नयाँ २४ महिना ईएमआई योजनासँग सामसङका प्रिमियम टिभी र होम अप्लाएन्सहरु अझै बजेटमैत्री भएका छन् । ग्राहकहरूले ५०,००० रुपैयाँभन्दा माथिका नयाँ होम अप्लायन्सहरू ४० प्रतिशत डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन् । यो नयाँ योजनाले १२ महिना ईएमआईको तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँछ, जसले ग्राहकलाई बढी लचिलोपन दिन्छ ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनेन्स सेवामार्फत ग्राहकहरूले १२ महिना ईएमआई योजनामा ० प्रतिशत ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन् । तर २४ महिना ईएमआई विकल्पमा भने ७.९९ प्रतिशत अतिरिक्त ब्याज लागू हुने कम्पनीले जनाएको छ । साथै, नयाँ सामसङ टिभी र होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोरमार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन् ।