१८ असार २०८३, बिहिबार

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ : प्रदीप पौडेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडलले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको प्रतिकूलतामा पनि कांग्रेस छिन्नभिन्न भएर बिग्रन नहुने भन्दै सबै नेता तथा कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरे ।

उनले लेखेका छन्, ‘देशका हरेक संकटमा नेपाली कांग्रेससँगै रह्यो, एकजुट रह्यो । त्यो एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्‍यो र सफलता पनि हासिल गर्‍यो । यसकारण अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न । म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔँ ! नेपाली कांग्रेसका सबै नेता कार्यकर्तामा एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौँ ।’