काठमाडौं । मध्यपूर्वमा जारी युद्धमा अमेरिकाले इरानको इस्फहान सहरमा बंकर बस्टर बम आक्रमण गरेको छ ।
सोमबार रातिदेखि मंगलबार बिहानसम्म भएको विस्फोटहरूले धेरै स्थानमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार, रातभरि सहरका विभिन्न भागहरूमा विस्फोटहरूको आवाज सुनिएको थियो ।
२३ लाख जनसंख्या भएको इस्फहान इरानको एक प्रमुख औद्योगिक सहर हो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भएको ठूलो विस्फोटको भिडिओ सेयर गरेका छन् । ट्रम्पले केही नलेखी सेयर गरेको भिडिओ फुटेजमा विस्फोटहरूको श्रृंखला देखाइएको छ, ठूलो आगो लागेको देखाइएको छ ।








प्रतिक्रिया