२८ आश्विन २०८३, बुधबार

युद्ध कहिले समाप्त हुन्छ भन्न सक्दिनँ : नेतान्याहू

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मध्यपूर्वमा जारी युद्ध कहिले समाप्त हुन्छ भन्न नसकिने बताएका छन् । न्यूज म्याक्ससँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

नेतान्याहूका अनुसार इरानविरुद्ध युद्धमा इजरायलले आधाभन्दा बढी लक्ष्यहरू हासिल गरेको छ । उनले युद्ध समाप्त भएपछि इरानी शासन पतन हुने र तेहरान अत्यन्त कमजोर हुने टिप्पणी गरेका छन् ।

यसैबीच, लेबनानको इरान समर्थक लडाकू समूह हिजबुल्लाहले सोमबार उत्तरी इजरायली शहर हाइफामा रहेको तेल रिफाइनरीमा इरानी क्षेप्यास्त्रले आक्रमण गरेको दाबी गरेको छ ।

आक्रमणपछि रिफाइनरी परिसरमा रहेको पेट्रोल ट्याङ्कीमा आगो लागेको छ । आगो क्षेप्यास्त्र प्रहारबाट लागेको हो वा भग्नावशेषबाट लागेको हो भन्नेबारे स्पष्ट भएको छैन । स्थानीय प्रशासनले मानिसहरूलाई आफ्नो घरका झ्यालहरू बन्द राख्न र बाहिर ननिस्कन आग्रह गरेको छ ।