१६ असार २०८३, मंगलबार

फरार भन्दै प्रचार गरिएका महेश बस्नेतले भने- आन्दोलनको मोर्चामा भेट हुनेछ

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेत ‘भूमिगत’ भएको चर्चा चलिरहेका बेला उनी सामाजिक सञ्जालमार्फत सक्रिय देखिएका छन्। केही समय मोबाइल बन्द भएपछि फैलिएको हल्लालाई खण्डन गर्दै उनले सार्वजनिक रूपमा आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन्।

बस्नेतले आज दिउँसो माइतीघर मण्डलमा हुने विरोध कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।

उनले लेखेका छन्, “वर्तमान अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको सरकारद्वारा केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारीको विरोधमा सशक्त सहभागिता जनाऔँ, आन्दोलनको मोर्चामा भेट हुनेछ।”

उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गृहमन्त्रीमाथि पनि टिप्पणी गरेका छन्। उता, बस्नेतलाई पक्राउ गर्ने तयारी भइरहेको भन्ने चर्चा समेत छ, यद्यपि उनी आफैंले भने त्यस्तो कुनै आधार नभएको दाबी गर्दै आएका छन्।

हाल उनको फोन सञ्चालनमै रहेको र आफू फरार नभएको स्पष्ट पनि पारे ।