१८ असार २०८३, बिहिबार

बिहारका मुख्यमन्त्री नीतीशले दिए एमएलसी सदस्यबाट राजीनामा, को बन्ला नयाँ मुख्यमन्त्री ?

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहारका मुख्यमन्त्री नीतीश कुमारले आज विधान परिषद् (एमएलसी)को सदस्य पदबाट राजीनामा दिएका छन् । नीतीश पहिलोपटक २० मार्च २००६ मा विधान परिषद्को सदस्य बने र उपमुख्यमन्त्री भएका थिए ।

२० वर्षपछि नीतीश एमएलसीबाट बिदा भएका हुन् । २० वर्षको अवधिमा नीतीश १० पटक बिहारको मुख्यमन्त्रीको रूपमा काम गरेका छन् ।

हालै राज्यसभामा निर्विरोध निर्वाचित नीतीश अब दिल्लीको राजनीतिमा प्रवेश गर्नेछन् ।

१० अप्रिलमा राज्यसभा सदस्यको शपथ लिएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिनेछन् । योसँगै अब बिहारको नेतृत्वमा पनि परिवर्तन आउनेछ । नीतीशको राजीनामापछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।