५ श्रावण २०८३, मंगलबार

ट्रम्पले भने– इरानले आफ्नो जिद्दी त्याग्नुपर्छ, हामीलाई युरेनियम दिनुपर्छ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो जिद्दी त्याग्न चेतावनी दिएका छन् ।

एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका इरानसँग आणविक हतियार होस् भन्ने चाहँदैन भने । साथै, उनले इरानी नेताहरूले आणविक हतियार त्याग्नेछन् भन्ने विश्वास लिएको समेत बताए ।

‘उनीहरु अहिले धेरै कमजोर छन्,’ ट्रम्पले भने, ‘उनीहरूले आफ्ना आणविक हतियारहरू त्याग्नेछन्, हामीलाई समृद्ध युरेनियम दिनेछन्, र हाम्रा धेरैजसो सर्तहरू स्वीकार गर्नेछन् । त्यसपछि उनीहरू फेरि एक राम्रो देश बन्न सक्छन् ।’

ट्रम्पले चेतावनी दिँदै भने, ‘यदि उनीहरूले यो गरेनन् भने, उनीहरूसँग देश बाँकी रहनेछैन् । उनीहरूसँग केही पनि बाँकी रहनेछैन् ।’