११ असार २०८३, बिहिबार

पूर्णबहादुर खड्काले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउपछि उनले बैठक बोलाएका हुन् ।

बैठक धुम्बाराहीको एक होटलमा मंगलबार र बुधबार दुई दिन बस्ने बुझिएको छ । बैठकमा नेता शेखर कोइराला पक्ष पनि सहभागी बताइएको छ ।

यसअघि शनिबार खड्काले एक वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकमाथि सरकारले गरेको राजनीतिक प्रतिशोधको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका थिए ।