काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा दराज नेपालले आफ्नो बहुप्रतीक्षित ४.४ नववर्ष उत्सव सार्वजनिक गरेको छ ।
७५ प्रतिशतसम्मको आकर्षक मेगा छुट, निःशुल्क होम डेलिभरी तथा ८३ लाख रुपैयाँ बराबरका भौचरहरूसहितको यो सेल अप्रिल ३ (चैत २०, २०८२) बेलुका ८ बजेदेखि सुरु भई अप्रिल १० (चैत २७, २०८२) सम्म सञ्चालन हुनेछ । यसले नेपाली ग्राहकहरूका लागि एक सातासम्म चल्ने किनमेल महोत्सवको अनुभव प्रदान गर्ने कम्पनीको दृढ विश्वास छ ।
नयाँ सुरुवातको भावनालाई उत्सवमय बनाउँदै दराजले २०८३ मा प्रवेशलाई अझ विशेष बनाउन अद्वितीय बचत तथा उत्साहपूर्ण अफरहरू ल्याएको हो । यस अभियान अवधिभर, ग्राहकहरूले विभिन्न क्याटेगरी र प्रमुख साझेदार ब्रान्डहरूमा दैनिक फ्ल्यास सेलमार्फत विशेष अफरहरू प्राप्त गर्न सक्नेछन् । नयाँ बर्षको उत्साहलाई अझ बढाउँदै, प्लाटिनम पार्टनर्सः चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिवर र मिनिमलिस्टका तर्फबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।
त्यसैगरी, गोल्ड पार्टनर्सः फोरया र एक्सएजका तर्फ बाट ६० प्रतिशतसम्म छुट हुनेछ । साथै, सिल्भर पार्टनर्स नाइक, फ्यानटेक र पीसेफका तर्फबाट ६५ प्रतिशतसम्म नयाँ वर्ष छुट प्रदान गरिने जानकारी दिइएको छ ।
किनमेल अनुभवलाई अझ सहज बनाउने उद्देश्यका साथ दराजले चार प्रमुख बैंकहरूसँग सहकार्य पनि गरेको छ । ग्राहकहरूले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी र्बंक तथा नेपाल बैंक मार्फत क्रेडिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत (अधिकतम ७५० रुपैयाँ) र डेबिट कार्ड प्रयोग गर्दा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) छुट प्राप्त गर्न सक्नेछन् । साथै, इसेवा र खल्ती बाई आईएमई प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नेछन् ।
यसका अतिरिक्त, ग्राहकहरूले दैनिक ४४ रुपैयाँ, ४४४ रुपैयाँ, १,४४४ रुपैयाँ, तथा २,४४४ रुपैयाँका आकर्षक डिलहरू पनि प्राप्त गर्न सक्नेछन् । साथै, नयाँ वर्षको थीमसँग मिल्ने गरी २,०८३ रुपैयाँका विशेष क्याटेगरी अफरहरू पनि अभियान अवधिभर उपलब्ध हुनेछन् ।
उत्सवको माहोललाई अझ विशेष बनाउँदै दराज नेपालले आकर्षक उपहारहरूको विशेष श्रृंखला ल्याएको छ । जस अन्तर्गत मुख्य आकर्षणका रुपमा फिलिप्सको सहयोगमा उपलब्ध भव्य ग्रान्ड पुरस्कार हो । एक भाग्यशाली विजेताले करिब १,८०,००० बराबरका १५ वटा साना होम अप्लायन्सहरूसहितको प्रिमियम बन्डल जित्न सक्नेछन् ।
कम्पनीका अनुसार यसका अतिरिक्त, ग्राहकहरूले निम्न आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन्
– भिभो भी७० स्मार्टफोन (९०,००० रुपैयाँ) – १ जना विजेता
– बडी जिम एक्सरसाइज साइकल फर फिजियोथेरापी (१८,५०० रुपैयाँ) – १ जना विजेता
– मिर्याकल्स इन्डस्ट्रियल उडन डिस्प्ले र्याक (१२,००० रुपैयाँ) – १ जना विजेता
– मिर्याकल्स सजिलो प्रिन्टर र्याक (११,९९९ रुपैयाँ) – १ जना विजेता
– स्टिलबर्ड हेल्मेट (३,५०० रुपैयाँ) – १ जना विजेता
– एससीएस एसएण्डएक्स हेल्मेट ब्ल्यूटूथ ईन्टरकम (४,०५० रुपैयाँ) – ५ जना विजेता
सेल अवधि भर किनमेल गर्ने ग्राहकहरूले न्यूनतम ५,००० रुपैयाँको खरिद पूरा गरी प्लेटफर्ममा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गरेपछि स्वतः लक्की ड्रमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । तत्पश्चात योग्य ग्राहकहरूबाट भाग्यशाली विजेताहरू छनोट गरिने कम्पनीले जानकारी दिएको छ ।
“४.४ सेलले नेपालको डिजिटल व्यापार प्रणालीलाई सुदृढ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ ।” ४.४ नववर्ष उत्सवबारे बोल्दै दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, “सशक्त ब्रान्ड साझेदारी, आकर्षक भुक्तानी अफरहरू र रोमाञ्चक पुरस्कारहरूको संयोजन गर्दै हामीले ग्राहकहरूलाई नयाँ वर्ष २०८३ स्वागत गर्ने तयारीमा एक समग्र र उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौँ ।”








प्रतिक्रिया