काठमाडौं । इरानले दक्षिणी इजरायलमा रहेको एक रासायनिक प्लान्टमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।
टाइम्स अफ इजरायलका अनुसार बेरशेबा शहर नजिकै रहेको नियोट होभाभ औद्योगिक क्षेत्रमा आक्रमण भएको हो । आक्रमणपछि प्लान्टमा ठूलो आगलागी भएको छ र ११ जना सामान्य घाइते भएका छन् ।
प्लान्ट क्षेत्रमा विषाक्त पदार्थ चुहावट हुने खतरा बढेको छ । अधिकारीहरूले स्थानीय बासिन्दाहरूलाई घर भित्रै बस्न र झ्यालहरू बन्द राख्न सुझाव दिएका छन् ।








प्रतिक्रिया