१७ असार २०८३, बुधबार

मुम्बई इन्डियन्सको विजयी सुरुवात

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी आईपीएलमा मुम्बई इन्डियन्सले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा मुम्बईले कोलकोता नाइटराइडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

कोलकोताले दिएको २२१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

मुम्बईको जितमा रयान रिकेलटनले ८१ रन बनाएका थिए भने रोहित शर्माले ७८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाएर २२० रन बनाएको थियो ।

कोलकोताका लागि कप्तान आजिख्य रहानेले ६७ रन बनाएका थिए भने अंगकृश रघुवंशीले ५१ रन बनाएका थिए । फिन एलेनले ३७ र रिंकु सिंहले अविजित ३३ रन बनाएका थिए ।

जारी आईपीएलअन्तर्गत आज सोमबार राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।