३१ असार २०८३, बुधबार

यमाहा नेपालद्वारा ‘नाउ आई एम ७१.३३ केएमपीएल’ अभियान सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर इन्धनको मूल्य उच्च विन्दुमा पुगिरहेको वर्तमान समयमा यमाहा नेपालले आधिकारिक रूपमा आफ्नो अहिलेसम्मको सबैभन्दा प्रभावशाली अभियान ‘नाउ आई एम ७१.३३ केएमपीएल’ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो अभियान नेपालको बजारमा हाइब्रिड प्रविधिलाई सफल रूपमा अपनाइएको र स्थापित गरिएको खुसियालीमा ल्याइएको हो ।

नेपालकै एकमात्र हाइब्रिड इन्जिनयुक्त स्कुटरको रूपमा यमाहा रेजेटआर १२५–एफआई हाइब्रिड अब एक रोजाइ मात्र नभई, अनिश्चित अर्थतन्त्रमा हजारौं चालकहरूका लागि एउटा भरपर्दो समाधान बनेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस्तो छ रेजेटआर हाइब्रिडका फाइदा

–साधारण १२५ सीसीका स्कुटरले औसत ४०–४५ किमी/लिटर माइलेज दिन्छ भने रेजेटआर हाइब्रिडको एआरएआई प्रमाणित ७१.३३ किमी/लिटरले लगभग ४० प्रतिशत बढी माइलेज प्रदान गर्छ ।

–सहरको नियमित यात्रामा, यो कार्यक्षमताले चालकको गोजीमा हजारौं रुपैयाँ फिर्ता गरिदिन्छ– जसले ३ वर्षको अवधिमा इन्धन बचतमार्फत मात्रै स्कुटरको लागतको १ लाख रुपैयाँभन्दा बढी बचत गर्छ ।

नेपाली चालकहरूका लागि एक दीर्घकालीन साझेदारको रूपमा आफ्नो स्थान अझ मजबुत बनाउन यमाहा नेपालले उद्योगमै पहिलोपटक एक विशेष योजना ल्याएको छः २०८२ चैत १ गतेदेखि रेजेटआर हाइब्रिड खरिद गर्ने सबै ग्राहकहरूका लागि ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ ।

‘यो अभियान ती हजारौं सन्तुष्ट चालकहरूको आवाज हो जसले आफ्नो दैनिक जीवनमा ७१.३३ किमी/लिटरको माइलेज पहिले नै अनुभव गरिसकेका छन्’ यमाहा नेपालका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवाल भन्छन्, ‘यो रेकर्ड–ब्रेकिङ माइलेज र ५ वर्षको निःशुल्क मर्मत सुविधालाई जोडेर हामी ग्राहकको स्वामित्व अनुभवबाट ‘खर्चको चिन्ता’ हटाउँदैछौँ ।’