१३ असार २०८३, शनिबार

‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।

बैंकका अनुसार परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्धेश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो । महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा इस्वी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।

नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतिलाई सम्बर्द्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महालक्ष्मी डिजिटल क्यालेन्डर २०८३ क्यूआर स्क्यान गरी हेर्न वा डाउनलोड गर्न सकिनेछ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरु रहेका छन् ।