काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयको २०५ जना विद्यार्थीलाई ट्र्याकसुट सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले विद्यालयका विद्यार्थीहरुलाई ट्र्याकसुट सहयोग प्रदान गरेको हो । यो विद्यालय विसं २०५२ देखि स्थापना भई सञ्चालनमा आएको हो ।
कर्णाली प्रदेशविद्यालयमा आयोजित एक समारोहकाबीच बैंकको सर्केगाड शाखामार्फत सहयोग स्वरुप ट्र्याकसुटहरु हस्तान्तरण गरिएको हो । यस कार्यक्रमअन्तर्गत बैंकले विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुट पोशाक वितरण गरेको छ, जसले विद्यार्थीहरूलाई खेलकुद, व्यायाम र दैनिक विद्यालय गतिविधिमा आरामदायी र न्यानो पोशाक उपलब्ध गराउनेछ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट २० लाख २ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया