१६ असार २०८३, मंगलबार

अमेरिकी सेनालाई इरानी मिडियाको चेतावनी– नर्कमा स्वागत छ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मध्यपूर्वमा जारी युद्धकाबीच इरानी मिडियाले अमेरिकालाई कडा चेतावनी दिएको छ ।

इरानको प्रमुख अंग्रेजी पत्रिका तेहरान टाइम्सले शनिबार आफ्नो पहिलो पृष्ठमा अमेरिकालाई चेतावनी दिँदै लेखेको छ– नर्कमा स्वागत छ, इरानी माटोमा पाइला टेक्ने अमेरिकी सेनाहरू केवल कफिनमा मात्र फर्कनेछन् ।

इरानी सरकारको स्वामित्वमा नरहेको यो पत्रिकाको पहिलो पृष्ठको चेतावनीमा स्पष्ट रूपमा संकेत गरिएको छ कि इरान कुनै पनि सम्भावित जमिन कारबाहीको कडा जवाफ दिन तयार छ ।

अमेरिकी मिडियाले ट्रम्प प्रशासनले मध्यपूर्वमा थप १० हजार सैनिक तैनाथ गर्ने तयारी गरेको समाचार बनाएपछि इरानी मिडियाले यस्तो लेखेको हो ।

अमेरिकी रिपोर्टहरूका अनुसार इरानमा जमिन सैन्य कारबाहीको बारेमा वासिङ्टनमा छलफल भइरहेको छ । तर अहिलेसम्म कुनै अन्तिम निर्णय भने भएको छैन ।

यसैबीच, अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार युएसएस त्रिपोली जहाजमार्फत थप ३५ सय अमेरिकी सेना मध्यपूर्वमा पुगेको छ ।