काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन साह, सबै मन्त्री र सांसदको मापसे र लापसे जाँच गर्नुपर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे र लापसे जाँच गर्नुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्, ‘प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेकजाँच दैनिक गरिनु पर्दछ, सांसदहरूको पनि गर्नु पर्छ, देशको स्वास्थ्यको लागि यो अनिवार्य छ !’








प्रतिक्रिया