काठमाडौं । जारी युद्धकाबीच इरानले शनिबार अमेरिकी एफ–१६ लडाकु विमानलाई निशाना बनाएको दाबी गरेको छ । यो घटना इरानको फार्स प्रान्त नजिकै भएको भनिएको छ । तर दाबीको पुष्टि भने भएको छैन ।
अमेरिकाले पनि कुनै आधिकारिक बयान जारी गरेको छैन ।
यसैबीच, इरानले शनिबारै युएईविरुद्ध २० वटा ब्यालिस्टिक क्षेप्यास्त्र र ३७ वटा ड्रोन प्रहार गरेको छ । युएईको रक्षा मन्त्रालयका अनुसार सबै आक्रमणहरूलाई हवाई रक्षा प्रणालीद्वारा हावामा नष्ट गरिएको थियो ।








प्रतिक्रिया