२२ असार २०८३, सोमबार

पूर्वप्रधानमन्त्री ओली पक्राउपछि देशभर चर्कियो आन्दोलन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार बिहानै निवासबाटै पक्राउ परेपछि देशैभर प्रदर्शन भइरहेको छ ।

हिजो मात्रै प्रधानमन्त्रीको शपथ लिएका बालेन साह नेतृत्वको सरकारको यो कदमलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै एमालेले देशव्यापी प्रदर्शन सुरु गरेको हो ।

एमालेको विरोधको कार्यक्रम अनुसार राजधानी काठमाडौंसहित देशका विभिन्न जिल्लामा नेता–कार्यकर्ता सडकमा उत्रिएका छन् । काठमाडौंको माइतीघर मण्डला र बबरमहलमा एमालेले शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो ।

यस्तै, सुर्खेत, जुम्ला, कालिकोट, दैलेख, जुम्ला, झापा, मोरङ, मकवानपुर र बाजुरा लगायत जिल्लाहरुमा पनि विरोध प्रदर्शन भइरहेको छ । उनीहरूले गृहमन्त्रीको राजीनामा समेत माग गर्दै ‘केपी ओलीलाई तुरुन्त रिहा गर’, ‘बालेन सरकार मुर्दावाद’ लगायत नाराबाजी गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।

एमालेले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ । शनिबार बिहान पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

एमालेले आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिँदै देशभर विरोधका कार्यक्रम निरन्तर जारी रहने जनाएको छ ।