२९ असार २०८३, सोमबार

माइतीघर क्षेत्र तनावग्रस्त

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठामाडौं । नेकपा (एमाले)का कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर क्षेत्र तनावग्रस्त भएको छ ।

पार्टी अध्यक्ष केपी शर्माको पक्राउको विरोधमा उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रर्दशनमा ‘केपी ओलीलाई तुरुन्त रिहाई गर,’ ‘बालेन सरकार मुर्दावाद’ लगायत नाराहरु लगाएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीलाई प्रहरीले आज (शनिबार) बिहानै गिरफ्तार गरेको थियो । त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ । यसक्रममा माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ ।