काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको जारी युद्धमा हुथी विद्रोहीहरू पनि सामेल भएको दाबी गरिएको छ ।
टाइम्स अफ इजरायलका अनुसार, यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले दक्षिणी इजरायली शहर बेरशेबा र वरपरका क्षेत्रहरूलाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।
यसैबीच, इजरायली सेनाका अनुसार क्षेप्यास्त्र प्रक्षेपण पत्ता लागेपछि हवाई रक्षा प्रणाली सक्रिय पार्दै हावामै नष्ट गरिएको छ । आक्रमणमा कुनै पनि क्षति नभएको उल्लेख गरिएको छ ।
यो जारी युद्धको क्रममा यमनबाट इजरायलमाथि गरिएको पहिलो आक्रमण भएको दाबी गरिएको छ ।








प्रतिक्रिया