२२ असार २०८३, सोमबार

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउप्रति तरूण दलको विरोध

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल तरूण दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले एकपक्षीय र दुराशयपूर्ण निर्णयहरूले लोकतान्त्रिक मूल्यमा ठाडो प्रहार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको बताए ।

तरुण दलले यस्ता कदमले अनावश्यक द्वन्द्व सिर्जना गर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न, विधि र प्रक्रियाअनुसार पारदर्शी तथा निष्पक्ष ढंगले अघि बढ्न र राजनीतिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ । साथै, देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नु सबै पक्षको साझा जिम्मेवारी भएको पनि स्मरण गराएको छ ।