२८ असार २०८३, आइतबार

हतारमा होइन, विचार पुर्‍याएर अघि बढ्न सरकारलाई संविधानविद् अधिकारीको सुझाव

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउपछि विकसित राजनीतिक परिस्थितिबारे संविधानविद् डा. विपिन अधिकारीले हतारमा होइन, विचार पुर्‍याएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

‘सावधानीको नोट’ शीर्षकमा उनले लेखेका छन्, ‘एकछिन विचार पुर्‍याउनुहोस् । हतारमा गरिएका प्रतिक्रियाभन्दा सोचविचार गरेर गरिएका निर्णयहरूले बलियो परिणाम दिन्छन् ।’

कानुनी तथा संवैधानिक प्रक्रिया स्पष्ट नभई अघि बढ्दा जटिलता बढ्न सक्ने भन्दै उनले कार्की आयोगको प्रतिवेदनलाई द्रुत समाधानको बाटोका रूपमा नहेर्न आग्रह गरेका छन् । उनका अनुसार यस्तो प्रतिवेदनले विस्तृत अध्ययन र सावधानीपूर्वक कार्यान्वयनको आवश्यकता औँल्याउँछ ।

‘कार्की प्रतिवेदन द्रूत मार्ग होइन । यसले स्पष्टता, अध्ययन र विचारशील कार्यको लागि आह्वान गर्छ– हतार होइन,’ उनले भनेका छन् ।