२६ असार २०८३, शुक्रबार

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अविलम्ब रिहा गर्न एमाले मकवानपुरको माग

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । नेकपा (एमाले) मकवानपुरले पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

एमाले मकवापुरका कार्यवाहक जिल्ला अध्यक्ष हिदम लामाले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउप्रति घोर निन्दा गर्दै उनीहरुलाई रिहा गर्न माग गरेका हुन् ।

‘गत भाद्र २३ र २४ गते जेनजीको नाममा गरिएको आन्दोलनको घटनाहरूको छानबिन गर्न गठन गर्दै विवादित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै प्रतिशोध र पूर्वाग्रह ढंगबाट गरिएको गिरफ्तारिले मुलुकलाई अन्त्यहीन द्धन्द्धमा फसाउन सरकार आफैं लागिपरेको स्पष्ट छ । गैरकानुनी रूपमा पूर्जी जारी गरी पक्राउ गर्नुले नेपालको कानुनि राज्यको उपहास भएको छ । त्यसैले गैरसंवैधानिक, गैर राजनीतिक र प्रतिशोधपूर्ण रूपमा पक्राउ पर्नुभएको हाम्रो पार्टीका श्रद्वेय अध्यक्ष केपी शर्मा ओेली तथा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई अविलम्ब रूपमा रिहाई गर्न नेकपा (एमाले) जिल्ला कमिटी, मकवानपुर जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।