६ श्रावण २०८३, बुधबार

बालेन सरकारलाई एमालेको चेतावनी– पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले सरकारको यो पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुने चेतावनी दिएका छन् ।

‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ । जिम्मेवार बन, अविलम्ब रिहा गर !’ महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।

रास्वपा वरिष्ठ नेता बालेन साह नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि प्रहरीले आज बिहान पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।